तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जब दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे…

बुटवल : शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल अनि पिठ्युँमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे। दसैं खर्चका माग्न आएका उनले मुख्यमन्त्रीलाई आफ्नै हातले बनाएको काठको कोसी उपहार दिए।

‘यो काठको कोसी हो। हातैले बनाएको। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’ उनले भने, ‘मुख्यमन्त्रीज्यू, दसैं त आइहाल्यो। खर्च चाहियो।’

सुर्खेतमा बस्दै आएका शाही दसैं खर्च माग्न यसपालि एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगे।

‘साथीहरू आउन थालेका थिए। गाडी चढ्न डराए’ उनले भने, ‘मरे मै मरुला भनेर आएँ।’

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। उनले पनि मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।

राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउँदै आएका छन्।

मुख्यमन्त्री आचार्यले राउते समुदायलाई राम्रोसँग दसैं मनाउन दिबहादुर मार्फत सन्देश पठाए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित