तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् ।

टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पटक पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले प्रदेशमा क्रियाशील टेलिभिजनहरुलाई बेवास्ता गरी बिभेदपुर्ण ब्यवहार गरेकोले आफुहरुलाई चिन्तित गराएको ध्यानाकर्गाणपत्रमा उल्लेख गरेको छ ।

संघका लुम्विनी प्रदेश अध्यक्ष नरेश केसीले बिगत देखि नै प्रदेश सभा सचिवालयले आफु निकटका सञ्चारमाध्यमहरुलाई मात्रै कार्यक्रम उत्पादन तथा प्रशारण गर्न मिल्ने गरी कार्यबिधी बनाएर सुचना प्रकाशन गर्ने सम्झौता गरी कार्यक्रम दिने गरेको र यसपटक पनि सोही कार्य दोहोरीएको उल्लेख गरेका छन्।

केसीले गतबर्ष नै सभामुख, उपसभामुख र प्रदेशसभा सचिवलाई समेत भेटेर ध्यानाकर्षण गराएको उल्लेख गर्दै त्यो बेला नै सभामुखले आगामी दिनमा कमिकमजोरी सच्याउने प्रतिवद्धता जनाएको बिज्ञप्तीमा उल्लेख गरेका छन्।

सभामुखले आफैले गरेको प्रतिवद्धता आफैले बेवास्ता गरी यस बर्षपनि सुचना प्रकाशन गरी निश्चित सञ्चार गृहलाई मात्र रकम दिन थालिएको भन्दै उक्त सुचना रद्ध गर्न बिज्ञप्ती मार्फत माग गरेका छन्।

केसीले प्रदेशसभाका सुचना र लोक कल्याणकारी कार्यक्रम ठेक्का पट्टा गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रदेशमा प्रसारण कार्यालय भएका सबै टेलिभिजनलाई समानुपातिक ढंगले बितरण गर्न माग गरेका छन्।

प्रदेशसभा सचिवालयले निश्चित ४ वटा टेलिभिजनले बाहेक अरुले कार्यक्रम प्रशारण गर्न पाउनै नसक्नेगरी कार्यबिधी बनाएर सूचना सार्वजनिक गरेको संघले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित