दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु

बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्।

बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२ ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका – ४ का ३७ वर्षीय रामशरण थारु र राप्ती सोनारी – ३ का १९ वर्षीय बसन्त थारु छन्। उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो ।

दुर्घटनामा परी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर – ४ घर भएर हाल राप्तीसोनारी – ४ धामपुरमा बस्दै आएका ३१ वर्षीय अजय दहित घाइते गम्भीर घाइते छन् । उनको नेपालगन्ज उपचार जारी छ ।

त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी – ३ खैरेनीका १६ वर्षीय संगित थारु र राप्ती सोनारी – ३ खैरेनीका २१ वर्षीय संजय थारुपनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित