तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिन प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम ?

दाङ–लुम्बिनी प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरिसक्नु भएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गर्नु भएको हाे ।
असोज २ गते अर्थात आज देखी प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईदैछ । कार्यालय परिसरमा सरसफाई गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिदैछ । यस्तै प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिएको छ । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल कार्यक्रम आज हुदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो ।
आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावलि गर्न सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते अर्थात भोली संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह हुदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने छ । कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समिति संग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परिक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ ।
यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित