दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवल – भैरहवामा पन्च इभीको लन्च

 

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सीओओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो।


बुटवलको बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्शाहित रहेको जानकारी सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए। साथै पहिले नेक्सन इभि र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको जानकारी गराए। त्यसै गरि अम्बु मार्केटिंगका प्रोपाइटर पुरुषोत्तम पराजुलीले पनि अहिले भैरहवामा टियागो इभि अत्त्याधिक रुचाइएको गाडी रहेको र अब पन्च इभीलाई पनि ग्राहकहरुले त्यसरी नै रुचाउने कुरामा दुइ मत नरहेको बताए।

टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी BNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित