निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ काे आयाेजनामा रक्तदान तथा छात्रावृत्ति बितरण

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ ले आइतवार इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्ताफ स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औ जन्मोत्सवको अवसरमा २० औ रक्तदान तथा छात्रावृत्ति बितरण गरेको छ

। परिषदका अध्यक्ष सकुर मियाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । परिषदले हरेक वर्ष पैगम्बरको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले इस्लाम धर्म गुरुबाट धेरै सिक्नुपर्ने बताए ।

उनले मुस्लिम समुदाय एक घर एक पोइन्ट रगत अभियान सुरु गरे समाज राम्रो सन्देश जाने बताए । सो अवसर मा बोल्दै परिसदका अध्यक्ष सकुर मियाले आगामी दिनमा पनि परिषदले सामाजिक कार्य गर्दै जाने बताए । परिसदका वरिस्ठ उपाध्यक्ष जलि उल्ला मियाले नेपालमा पहिले रतदान सुरुवात आफुहरुले गरेको बताए ।

रक्तदाता लिलाधर लुइटेल, रजाय मुस्तफा मस्जितको उपमहासचिव हसरदिन मिया परिसदका संरक्षक जमाल मियाले रतदानमा सशक्त भएर लाग्नुपर्ने बताए । सो अवसरमा ज्ञानोदय माध्यामिक विद्यालयका ५ जना छात्र÷छात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको कार्यक्रम संयोजक अलाउदिन अलीले जानकारी दिए । रक्तदानमा ५० भन्दा बढी पोइन्ट रगत संकलन भएको छ । समाजले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित