तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ काे आयाेजनामा रक्तदान तथा छात्रावृत्ति बितरण

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ ले आइतवार इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्ताफ स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औ जन्मोत्सवको अवसरमा २० औ रक्तदान तथा छात्रावृत्ति बितरण गरेको छ

। परिषदका अध्यक्ष सकुर मियाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । परिषदले हरेक वर्ष पैगम्बरको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले इस्लाम धर्म गुरुबाट धेरै सिक्नुपर्ने बताए ।

उनले मुस्लिम समुदाय एक घर एक पोइन्ट रगत अभियान सुरु गरे समाज राम्रो सन्देश जाने बताए । सो अवसर मा बोल्दै परिसदका अध्यक्ष सकुर मियाले आगामी दिनमा पनि परिषदले सामाजिक कार्य गर्दै जाने बताए । परिसदका वरिस्ठ उपाध्यक्ष जलि उल्ला मियाले नेपालमा पहिले रतदान सुरुवात आफुहरुले गरेको बताए ।

रक्तदाता लिलाधर लुइटेल, रजाय मुस्तफा मस्जितको उपमहासचिव हसरदिन मिया परिसदका संरक्षक जमाल मियाले रतदानमा सशक्त भएर लाग्नुपर्ने बताए । सो अवसरमा ज्ञानोदय माध्यामिक विद्यालयका ५ जना छात्र÷छात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको कार्यक्रम संयोजक अलाउदिन अलीले जानकारी दिए । रक्तदानमा ५० भन्दा बढी पोइन्ट रगत संकलन भएको छ । समाजले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित