निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

औषधीको नाममा हुने लागुऔषधको कारोबारलाई रोक्छौंः मुख्यमन्त्री आचार्य

म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औषधी व्यवसायको नाममा हुने लागुऔषधको कारोबारलाई कडाइ गरिने बताएका छन्।

औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने भन्दै मुख्यमन्त्री आचार्यले व्यवसायीकर्तालाई ख्याल गरेर व्यवसाय गर्न औषधी व्यवसायीलाई आग्रह गरे।

नेपाल औषधि व्यवसायी संघ रूपन्देहीकोले आयोजना गरेको औषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र मानिसको जीवनको संवेदनशील क्षेत्र भएकोले जिम्मेवार भएर व्यवसाय गर्न आग्रह गरे।

‘स्वास्थ्य क्षेत्रमा यहाँहरूले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु तर, औषधीको नाममा हुने लागुऔषधको कारोबार क्षम्य हुन सक्दैन,’ उनले भने।

मुख्यमन्त्री आचार्यले जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि औषधीको अभाव हुन नदिन आग्रह गरे।

मुख्यमन्त्री आचार्यले अस्पतालहरूको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने पनि बताए।

सरकारी सँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाइने उनको भनाइ छ।

‘सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै निजी क्षेत्रका अस्पताललाई पनि कानुनी दायराभित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउनेतर्फ सरकारको ध्यान गएको छ,’ मुख्यमन्त्री आचार्यले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित