निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रुपन्देहीको सैनामैनास्थित स्टार सहकारी बचतकर्ताको रकम नदिइ भाग्याे

रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् ।

मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढी मारमा परेको जनाएका छन् । इलाका प्रहरी कार्यालयमा बिहीबार ४ सयभन्दा बढी बचतकर्ताको पुगेर धर्ना दिएको सहभागीको दाबी छ ।

इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सो सहकारीविरुद्ध प्रहरीकोमा निवेदन दिएका थिए ।

बचतकर्ता बमबहादुर आचार्यले आफ्नो रकम फिर्ता नपाएसम्म आन्दोेलन थप चर्काउने र कानुनी बाटो अपनाउने बताएका छन् । बचत रकम हिनामिना गरेको आरोपसमेत बचतकर्ताले लगाएका छन् ।

सो विषयलाई लिएर सहमतिको प्रयास भैरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिए ।

उक्त सहकारीमा ४५० जनाभन्दा बढीको बचत रकम रहेको भन्दै बचतकर्ताको रकम फिर्ताका लागि सहमति गर्न लागिपरेको प्रहरी निरीक्षक विष्टको भनाइ छ । सहकारीको अनुगमन गर्ने निकाय नै प्रभावकारी नहुँदा समस्या थपिएको बचतकर्ताको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित