युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

तुलसीपुरमा बलेनन् ‘हाइमास्ट लाइट’

दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ। तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो।

लुम्बिनी प्रदेश सरकारको ५२ लाख रुपैयाँको लागतमा तुलसीपुरको वीरेन्द्र चोक, गुम्राह चोक, हात्तीखौवा चोक र बिजौरी बजारमा असारमा उक्त हाइमास्ट जडान गरिएको हो। हाइमास्ट लाइट नहुँदा आपाराधिक क्रियाकलाप पनि भइरहने र बजारमा आवतजावतमा पनि समस्या हुने गरेको छ। बजारमा जडान गरिएका सिसी क्यामेरालेसमेत अपराध गरेर भाग्नेलाई पहिचान गर्न सकेको छैन। त्यसैले हाइमास्ट लाइट छिटो सुचारु गरेमा शान्ति सुरक्षामा सहयोग हुने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए।

‘हाइमास्ट लाइट भए शान्ति सुरक्षामा सहज हुन्थ्यो’,उनले भने, ‘लाइट गतिलो नहुँदा क्यामेरालेसमेत मान्छे चिन्न सक्ने अवस्था छैन।’ वीरेन्द्र चोकमा जडान गरिएको हाइमास्ट लाइट ३६ सय र गुम्राह चोक, हात्तीखौवा र बिजौरी बजारमा जडान गरिएका लाइट १८ सय वाटका रहेको छ ।

प्रदेश सरकारले विनियोन गरेको बजेटबाट तुलसीपुर उद्योग वाणिज्य संघले ती हाइमास्ट निर्माण गरेको हो। तर, उपमहानगरपालिले ति हाइमास्ट लाइटमा विद्युत् जडान गर्ने सन्दर्भमा चासो नदिँदा ढिलाइ भएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले बताए। ‘उपमहानगरपालिकाले चासो दिनुपर्ने हो, तर, उपमहानगरपालिकाले चासो देखाएको छैन’,उउनले भने, ‘अब हामी उद्योग वाणिज्य संघले नै ब्यहोर्ने गरी जडान गर्नुपर्ने अवस्था आयो।’

उपमहानगरपालिकाले भने तत्काल हाइमास्ट जोड्ने प्रक्रिय अघि बढेको बताए। त्यसका लागि विद्युत् कार्यालय तुलसीपुरलाई पत्र पठाइएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। ‘कुन पावरको ट्रान्समिटर राख्ने हो, त्यो खालको स्टिमेट पठाईदिनु त्यही अनुसार भुक्तानीको सहमति हुन्छ, भनेर पत्र पठाएका छौँ’,उउनले भने, तर, त्यो अनुसार स्टिमेट आएको छैन, त्यो आएपछि बाल्ने प्रक्रिया अघि बढ्छ।’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशालीले भने हाइमास्ट लाइटको बिल कस्ले भुक्तानी गर्ने भन्ने निश्चित नभएको बताए। ‘पत्र त आएको छ, तर, कसले बिल तिर्ने भन्ने कुरा आएको छैन’,उउनले भने, ‘त्यसले गर्दा पनि जोड्न सकिएको छैन।’ उपमहानगरपालिकाले विगतदेखि नै विद्युत्को बिल नतिरेकाले पनि शंक उत्पन्न भएको उनको भनाइ छ ।

उपमहानगरपाकिाको एक करोड ४२ लाख रुपैयाँ विद्युतको बक्यौता रहेको प्रमुख गोशेलीले बताए। तर, उपमहानगरपालिका प्रमुख खड्काले भने देशभर धेरै सरकारी कार्यालयको बक्यौता तिर्न बाँकी रहेको भन्दै बाँकी बक्यौता तिर्ने सन्दर्भमा छलफल हुने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित