रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालय बाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन ।

तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हालेका छन । मुख्यमन्त्री आचार्यको जिम्मेवारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले केही साना दललाई पनि समेट्ने योजना बनाएको छ ।

वर्तमान सरकारमा सामेल हुन जसपा, लोसपा नेपाल र नागरिक उन्मुक्ति र जनमत पार्र्टी इच्छुक छन । यद्यपि, सरकार विस्तारका सन्दर्भमा खासै छलफल भएको छैन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले साउन ९ गते नेपाली कांग्रेसबाट ४ र एमालेबाट ४ जना मन्त्री नियुक्त गरेका थिए । उनंले साना दलहरूलाई पनि सरकारमा सहभागी बनाउने योजना अनुसार केही मन्त्रालय आफैंले समालेका छन् ।

लोसपा नेपालका लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक हेमा बेल्वासेले सरकारमा जाने निर्णय भए पनि मन्त्रालयबारे टुंगो नलागेको बताए ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारमा सामेल हुने विषयमा सामान्य छलफल भएको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीको कोटामा परेको थप एक जना मन्त्री टुंगाउन कुनै समस्या नभएको दाबी गर्नुभयो । सरकारका प्रवक्ता दिनेश पन्थीले सरकारमा लैजाने विषयमा ४ वटा साना दलसंग छलफल भए पनि अझै कुन मन्त्रालय कसलाई दिने भन्ने नटुगिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित