दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुले अघि सारेका मागहरु आंशिक रुपमा पुरा भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको जनाएको छ । पार्टीका व्यूरो ईन्चार्ज तिलकले पत्रकार सम्मेलनमा बोल्दै पार्टीले साउन २६ गते गरेको निर्णय अनुसार कांग्रेस सांसद बादशाह कर्मीलाई मन्त्रीबाट राजिनामा दिनुपर्ने र अर्का सांसद धनबहादुर केसीलाई कानुनी कारबाही हुनुपर्ने माग सहित आन्दोलन सुरु गरेकोमा दुवै माग आंशिक पूरा भएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्नु परेको उनले बताए।
निर्मला कुर्मी बेपत्ता तथा हत्या गरेको आरोप लागेको बन तथा बातावरण मन्त्री बादशाह कुर्मीले मंगलबार मात्र राजिनामा दिएका थिए । उनको बुधबार मूख्यमन्त्री चेतनारायाण आचार्यले राजिनामा स्वीकृत समेत गरेका छन् । यसैगरी अर्का सांसद केसीले अदालतमा आत्मसम्पर्ण गरी कैद भुक्तान गरेको भन्दै ईन्चार्ज तिलकले अबको आन्दोलन जिल्ला र स्थानिय तह केन्द्रीत हुने बताए । उनले कुर्मीमाथी अब थप अनुसन्धान हुनुपर्ने र अर्का सांसद केसीलाई विवादित फैसला दिने न्यायधिश माथी पनि दवावमुलक कार्यक्रम आयोजना गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित