बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

एउटै सडकमा तीन बर्षमा दुर्घटना हुँदा २५ जनाको मृत्यु

बुटवल । प्युठानको एउटै सडकमा भएका दुर्घटनाबाट तिनवर्ष २५ जनाको मृत्यु भएको छ ।

सरुमारानी १ गनाहदेखि स्वर्गद्वारीसम्मको करिब ५० किलोमिटरको उक्त सडकमा तीन वर्षमा २५ जनाको दुर्घटनामा परी ज्यान गएको हो ।

नेपालको विभिन्न भूभाग र भारतीय पर्यटकहरुका आवागमन हुने मुख्य सडकमा पछिल्ला तीन आर्थिक वर्षमा २५ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । तथ्यांक अनुसार यो अवधीमा ३३ वटा दुर्घटना भएका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ देखि २०८०÷०८१ सम्म ३ बर्षको अवधिमा ३३ वटा सवारी साधन दुर्घटना हुंदा २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ति दुर्घटनामा परि ४७ जना गम्भिर घाईते भएका छन् । २०४५ साल भालुवाङ प्युठान सडक र २०६४ सालमा भिंग्री स्वर्गद्वारी सडक निर्माण भएपनि सडक सुधार प्रभावकारी नहुंदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

गतबर्ष जेठ २९ गते स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुंदा ८ जनाको ज्यान गएको थियो ।

त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवालापक्षहरुको चासो बढेको छ ।

गतबर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि भिंगृदेखि स्वर्गद्वारीको खण्डमा खर्च गरिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित