तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कुहिएको मासुबाट हैदराबादी मट्का विरयानी बनाउने गरेको पुष्टि

बुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।

 भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो ।

बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको बताए ।

उनले कार्यालय खुल्ला भएपछि मात्र कार्यविधि अनुसार जरिवाना गर्ने बताए ।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

‘भाडा माज्ने ठाउँ फोहोरो थियो । भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो । भाडा माज्ने ठाउँमा सिंगो मासु त्यहि सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित