दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी ढाबा स्थित छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ राजपुरका २३ वर्षीय उमेश पौडेल र वडा नं. ८ बोडगाउँका २२ वर्षीय किशोर रास्कोटी छन्।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरू नुहाउन छहरे खोलाको झरनामा पुगेका थिए। दिउँसो साढे २ बजेतिर खोलामा एक्कासि आएको बाढीले उनीहरुलाई बगाएको थियो।

खोलाले बगाएर वेपत्ता भएका उनीहरुको खोजी गर्ने क्रममा उमेशको शव ढाव कुलाको बाँधमा र किशोरको शव हडाह कुलोको बाँधमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरुसँगै गएका दुईजनाले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। हुनसक्ने प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित