तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी ढाबा स्थित छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ राजपुरका २३ वर्षीय उमेश पौडेल र वडा नं. ८ बोडगाउँका २२ वर्षीय किशोर रास्कोटी छन्।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरू नुहाउन छहरे खोलाको झरनामा पुगेका थिए। दिउँसो साढे २ बजेतिर खोलामा एक्कासि आएको बाढीले उनीहरुलाई बगाएको थियो।

खोलाले बगाएर वेपत्ता भएका उनीहरुको खोजी गर्ने क्रममा उमेशको शव ढाव कुलाको बाँधमा र किशोरको शव हडाह कुलोको बाँधमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरुसँगै गएका दुईजनाले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। हुनसक्ने प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित