शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने  रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न ‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ स्थानीय तहमा आइतबार स्थानीय बिदा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश निष्ठा बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभाः कुल पुँजी २७ करोड पुग्यो                
समाचार :

२५ औं बर्षमा लुम्बिनी ईन्जिनियरिङ कलेजमा वि.ई.आई.टी.पढाई हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा–७ भलबारी स्थित लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा वि.ई.आई.टी को कक्षा सन्चालन हुने भएको छ ।

विद्यार्थीहरुको ईन्जिनियरिङमा पढ्ने उत्सुकता बढेकाले यो बर्ष देखि विज्ञानमा प्लस टु वा डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि व्याचलर लेभलमा आई टी मा इन्जिनियर लेख्न पाइने चार बर्षे वि.ई.आई.टी. अध्यापन हुने लुम्बिनि इन्जिनियरिङ कलेजका अध्यक्ष रामचन्द्र ढकालले जानकारी दिए।

आईटी क्षेत्रमा २५ बर्षको ईतिहास बोकेको कलेजले विद्यार्थीहरुको माग र रुची अनुसार विज्ञानबाट आउने विद्यार्थीहरुका लागि यो वर्षदेखि वि.ई.आई. टी. र कक्षा ११ वा १२ मा कम्प्युटर वा गणित पढेका जुनसुकै संकायमा विद्यार्थीहरुको लागि वि.सि.ए मा पढ्न पाउने अवसरका रुपमा यो वर्ष देखि लागु गरिएको लुम्बिनि ईन्जिनिररिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजका अध्यक्ष प्रा. डा. रामचन्द्र आचार्यले बताए ।

लुम्बिनी ईन्जिनियरिङ कलेज विश्वविद्यालयमा उच्च स्थानमा रहेको अग्रणी संस्था शिक्षण सिकाई र प्रयोगात्मक शिक्षालाई जोडदार रुपमा अगाडि बढाउँदै आएको छ ।

विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट पटक पटक सम्मानित रहेको लुम्बिनी ईन्जिनियरिङ कलेज नेपाल ईन्जिनियरिङ काउन्सिलबाट स्थायी सम्बन्धन प्राप्त पहिलो प्राईभेट कलेज रहेको कलेजका सदस्य सचिव डा. के.एन. पाण्डेले वताए।

पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ईन्जिनियरको साथ साथै आई.टी.मा पनि माग बढिरहेकाले समय सापेक्ष विषयहरु कलेजले थप्दै जाने योजना रहेको डा. पान्डे को प्रतिवद्दता रहेको छ ।

कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले ०८१ शैक्षिक सत्रका लागि व्याचलर लेवलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, वि.ई.आई.टी. र वि.सि.ए.मा भर्ना खुलेको जानाकारी दिदै जीवन उपयोगी शिक्षा अध्यायनका लागि लेकलाई रोज्नुपर्नेमा जोड दिए ।

लेक ०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्थापना भएको यस क्षेत्रका एक मात्र आई.टी. र ईन्जिनियरिङ कलेज हो ।

स्थापनाकाल देखि व्याचलर लेभलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ सञ्चालन गर्दै आएको र क्रमश ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, वि.सि.ए.थप गरी माष्टर लेभलमा वि.ई. उत्तीर्ण भएका विद्यार्थीहरुका लागि एम.एस.सी कन्स्ट्रक्सन म्यानेजमेन्टमा ०६६ साल देखि कक्षा सञ्चालन भइरहेको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित