तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै पर्यटन मन्त्री पाण्डेले भने- बुद्ध जन्मस्थल नै विमानस्थल चल्ने आधार हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल बन्ने भएकोले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनले बताए।
शुक्रबार भैरहवामा विमानस्थलको निरीक्षण गर्दै मन्त्री पाण्डेले विमानस्थल सञ्चालनसँगै भिसा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेको बताए।
मन्त्री भएपछि पहिलो पटक गौतमबुद्ध विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित