बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु

बुटवल । पैसाको अभावमा कसैले दुखाई सहन नपरोस् पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यको साथमा मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु भएको छ ।

मानव सेवा आश्रम रुपन्देहीमा आश्रित रहेका लक्ष्मी – नारायणहरुको निःशुल्क दन्त उपचार कार्यक्रमको शुक्रवार तिलोत्तमामा रहेको मानव सेवा आश्रममा शुभारम्भ गरिएको हो ।

मानव सेवा आश्रमको आयोजना तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स , रोट¥याक्ट लुम्बिनी स्टार्स र आधुनिक समाज विकास फाउन्डेसनको समन्वय तथा आधुनिक समाज डेन्टल केयर प्रालीको प्राविधिक सहयोगमा निःशुल्क उपचार शुभारम्भ भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले समाजको सुधारको लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । समाजमा मानवीय संवेदना हराउँदै गएको बताउँदै मानवीय कार्य गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै मानव सेवामा अश्रुतलाई यो कार्यमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको क्षेत्रमा आफूहरू विगतका वर्षहरूमा देखी नै लागिरहेको बताए । उनले गत वर्ष मुख स्वास्थ्य शिक्षा कार्यक्रमलाई अगाडी बढाएर १ लाख बढी बालबालिकालाई शिक्षा प्रदान गरेको बताउँदै यो वर्ष आफ्नो पिडा खुलेर बताउन नसक्ने व्यक्तिहरूलाई निःशुल्क दन्त उपचार प्रदान गर्ने उद्देश्यअनुरूप काम गरिरहेको बताए ।

आधुनिक समाज डेन्टल प्रालिले भ्यान नै लगेर आश्रममै उपचार सेवा दिइरहेको छ । मुख स्वास्थ्य अभियानको रूपमा रहेको प्रालिले गाउँ गाउँमै मोबाइल एम्बुलेन्स जस्तैगरि दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

आधुनिक समाज डेन्टलका वरिष्ठ मुख स्वास्थ्य चिकित्सक सुनिल खरेलले मानवीय सेवा गर्न पाउनु निकै खुसीको कुरा भएको बताए ।

कार्यक्रममा मानव सेवा अभियन्ता सरु अधिकारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका पूर्व अध्यक्ष बालकृष्ण पाण्डे, रोट¥याक्ट लुम्बिनी स्टार्सका कार्यवाहक अध्यक्ष गौरव पाण्डे , रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष नीरज पाण्डे, क्लबका निर्वाचित अध्यक्ष विमल ढकाल, मानव सेवा आश्रम रुपन्देही शाखा संयोजक टीका थापा लगायतले मानवीय कार्यले निरन्तरता पाउनुपर्ने बताउँदै यस्ता कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित