तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रहरीको आन्तरिक संगठन सुदृढिकरणलाई प्राथमिकतामा -महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक संगठन सुदृढिकरणलाई प्राथमिकता दिएको बताएका छन् । उनले यस क्रममा सबै प्रहरीको खाता जाँच सुरुवात गरिएको जनाए । संगठनको आन्तरिक सुदृढिकरण बिना नागरिकको भरोसा जित्न सम्भव नभएकाले प्रहरी जवानदेखि शिर्ष नेतृत्वको खाता जाँच थालिएको उनले बताए । बुधबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै उनले मुलुकभरका प्रहरी युनिटका सूचना महानिरीक्षकसम्म पुग्ने व्यवस्था गरिएको भन्दै कर्तव्यनिष्ठ भएकार काम गर्न प्रहरी कर्मचारी निर्देशन दिए । प्रहरीको काम बोल्ने भन्दा व्यवहारमा गरेर देखाउने भएकाले व्यवसायिक निष्ठा कायम राख्ने कुरामा ध्यान दिन कुँवरले निर्देशन दिए । प्रहरीप्रति उठेका गुनासाको सम्बोधन गरिने उल्लेख गर्दै उनले स्थानीय तहसित सहकार्य गरेर काम गर्न मातहत निकायलाई निर्देशन दिए ।

रुपन्देहीको बेलहिया नाकामा पर्यटक लक्षित एकीकृत जाँच चौकी स्थापना गरेर नमुना काम भएको उल्लेख गर्दै उनले अब प्रहरीले उक्त चौकीको उद्देश्य अनुसार सेवा प्रदान गर्ने कुरामा ध्यान दिनुपर्ने जनाए । भारतबाट भित्रिने पर्यटक लक्षित एकिकृत चौकी भएकाले गुनासो रहित तरिकाले काम गर्न निर्देशन दिए । रुपन्देहीको पर्यटकीय जिल्लाका साथै बेलहिया स्थलमार्गबाट पर्यटक भित्रिने प्रमुख नाका भएको जनाउँदै यहाँ प्रस्तुत हुने व्यवहार विश्वभरि पुग्ने भएकाले काम गर्दा ध्यान दिनु उनले आग्रह गरे ।

प्रहरीले पीडितलाई न्याय दिने कुरामा ध्यानु दिनुपर्नेमा उनको जोड थियो । सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले सहकार्यले राम्रो काम गर्न सकिने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लामो समयदेखि जिल्ला प्रहरीको चुहिने, डुवानमा पर्ने र सांघुरो कार्यालय भवन रहेको उल्लेख गर्दै अब सहजरुपमा सेवा प्रवाह हुने बताए । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुवेर कडायतले नयाँ र सुविधा सम्पन्न संरचनाले प्रहरीलाई उच्च मनोबलसाथ काम गर्न सघाउने बताए । रुपन्देही प्रहरी उपरीक्षक रन्जितसिंह राठौंरले ५९ वर्षपछि रुपन्देही प्रहरीले सुरक्षा मापदण्डसहितको नयाँ भवन लगायत पूर्वाधार प्राप्त गरेको जनाए । यसअवधिमा पुरानो र जिर्ण भवनबाट पनि बिचलित नभई सेवा प्रदान गरिरहेको उनको भनाई छ । नेपाल प्रहरी प्रदेश कार्यालयका इन्जिनियर डीएसपी रोशन सारुमगरले सुविधासम्पन्न २२ कोठासहितको कार्यालय परिसरभित्र कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, जुनीयर प्रहरी अधिकृत, हवाल्दार र जवान ब्यारेक, सुविधा सम्पन्न मेस, स्नान गृह र शौचालय रहेको जनाए ।

प्रहरीको भवन निर्माणका लागि २०७६ माघ १७ गते निर्माण कम्पनीसित सम्झौंता गरिएको थियो । भने, २०८१ साउन ३१ गते भवन लगायत संरचनाको निर्माण पूरा भएको थियो । सिद्धार्थनगर–१२, मा नेपाल प्रहरीको नियमित बजेट अन्तर्गत १४ करोड ९६ लाख १४ हजार ५ रुपैयाँ लगानीमा निर्माण पूरा भएको कार्यालय भवनसहितका पूर्वाधारको उ्दघाटन गरिएको हो । सुरक्षा मापदण्ड सहितको कार्यालय भवन र आवश्यक पूर्वाधार निर्माण भएपछि नियमित कायममा थप सहजता हुने जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित