युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

तिलोत्तमामा लेनदेनको आपसी विवाद मिलाउन दुर्गा प्रसाईका समर्थक झण्डा बोकेर बिरोधमा

बुटवल । रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा-३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले कानूनी रुपमा विक्री गरिसकेको घर पुनः बिमलाले नै पाउनु पर्ने भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

उक्त घर जग्गा ७ वर्ष अगाडी नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाई समर्थक बताउने समूहले रोकेका हुन् । यद्यपी घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ ।

उक्त फैसला कानूनी रुपमा सही देखिए पनि लेनदेनअघि आफूहरु बीच भएको भद्र सहमति अनुसार घरजग्गा घिमिरेले आफूलाई फिर्ता गर्नुपर्ने पीडित भनिएकी बिमलाको माग छ । उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमती भएको थियो ।

6422ed7d-7be2-4b0b-86af-d9ecdd476b1f

तिलोत्तमा ३ ९साविकको आनन्दवन गाविस-३ ‘ख’० स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६।७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल (घिमिरे)लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ ।

तर उनीहरु बीच भएको अर्को सम्झौता पत्रमा भने बिमलाले ५ करोड ४ लाख पशुपतिकी श्रीमति राधादेवीबाट ऋण लिएको र उक्त रकमको ब्याज वार्षिक २१ प्रतिशतका हिसाबले ३/३ महिनामा किस्ताबन्दी रुपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ । यसरी बिमलाले ४२ महिनासम्म किस्ताबन्दीमा रकम बुझाउनु पर्ने र उक्त सर्तअनुसार नभए राधादेवीको नाममा पास गरिएको जग्गा उनैले पाउने भनि उल्लेख गरिएको छ ।

उक्त सर्तअनुसार समयमा ऋण तिर्न नसक्दा आफू घर न घाटको भएको भन्दै बिमलाले बिलौना गरेकी छन् । उक्त घर जग्गा फिर्ता पाउनका लागि पशुपतिले २० करोड रकम माग गरेको भन्दै उनले उक्त रकम बुझाउन नसक्ने तर, हिसाब अनुसारको आउने रकम बुझाउन तयार रहेको बताएकी छन् ।

62cbe514-8241-401d-aeca-9ccf26f81a60f5d258e6-1b04-4174-a301-c929b9850f45

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित