निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिलोत्तमामा लेनदेनको आपसी विवाद मिलाउन दुर्गा प्रसाईका समर्थक झण्डा बोकेर बिरोधमा

बुटवल । रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा-३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले कानूनी रुपमा विक्री गरिसकेको घर पुनः बिमलाले नै पाउनु पर्ने भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

उक्त घर जग्गा ७ वर्ष अगाडी नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाई समर्थक बताउने समूहले रोकेका हुन् । यद्यपी घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ ।

उक्त फैसला कानूनी रुपमा सही देखिए पनि लेनदेनअघि आफूहरु बीच भएको भद्र सहमति अनुसार घरजग्गा घिमिरेले आफूलाई फिर्ता गर्नुपर्ने पीडित भनिएकी बिमलाको माग छ । उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमती भएको थियो ।

6422ed7d-7be2-4b0b-86af-d9ecdd476b1f

तिलोत्तमा ३ ९साविकको आनन्दवन गाविस-३ ‘ख’० स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६।७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल (घिमिरे)लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ ।

तर उनीहरु बीच भएको अर्को सम्झौता पत्रमा भने बिमलाले ५ करोड ४ लाख पशुपतिकी श्रीमति राधादेवीबाट ऋण लिएको र उक्त रकमको ब्याज वार्षिक २१ प्रतिशतका हिसाबले ३/३ महिनामा किस्ताबन्दी रुपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ । यसरी बिमलाले ४२ महिनासम्म किस्ताबन्दीमा रकम बुझाउनु पर्ने र उक्त सर्तअनुसार नभए राधादेवीको नाममा पास गरिएको जग्गा उनैले पाउने भनि उल्लेख गरिएको छ ।

उक्त सर्तअनुसार समयमा ऋण तिर्न नसक्दा आफू घर न घाटको भएको भन्दै बिमलाले बिलौना गरेकी छन् । उक्त घर जग्गा फिर्ता पाउनका लागि पशुपतिले २० करोड रकम माग गरेको भन्दै उनले उक्त रकम बुझाउन नसक्ने तर, हिसाब अनुसारको आउने रकम बुझाउन तयार रहेको बताएकी छन् ।

62cbe514-8241-401d-aeca-9ccf26f81a60f5d258e6-1b04-4174-a301-c929b9850f45

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित