जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन । प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् ।

सुशासनकायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ । नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ ।

समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको महाअभियानमा जोडिन सबै राजनैतिकदल, सामुदायिक संघ संस्था र आम नागरिकहरुमा अपिल समेत गरेका छन् ।

भगवान श्रीकृष्ण प्रतिको आस्थाले गलत प्रवृतिविरुद्ध लडी असल आचरण, सदाचार, पुण्य र सत्कर्म प्राप्त गर्न उत्प्रेरित गर्ने, यो पर्वले सामाजिक एकता, प्रेम र आपसी सहयोगको भावनाको प्रबद्र्धन गरेको समेत उल्लेख गरेका छन् ।

विभिन्न जाति, धर्म र समुदायका मानिसहरुलाई एक सुत्रमा बाँध्न र एक आपसको सौहाद्र्धताको वातावरण बनाउँदै आएको समेत शुभकामना सन्देशमा उल्लेख छ । सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव र जागरणमा योगदान दिने गर्छन् । श्रीकृष्ण जन्माष्टमीले आध्यात्मिक चिन्तन र ध्यानमा समेत प्रेरित गरेको छ’शुभकामना सन्देशमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित