युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवलका फुड्वेयर व्यवसायी द्वारा डेल्टा मार्टमा हुन लागेको जुत्ता मेलामा तोडफोड

बुटवल । आज देखि बुटवलको डेल्टा मार्ट परिसरमा लाग्न लागेको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ ।

आफुहरुलाई बुटवलको फुड्वेयर व्यवसायी बताउँने युवाहरुको समुहले परिसरमा पुगेर मेला स्थल तोडफोड गर्नुका साथै केही कर्मचारी माथी हातपात गरेका छन् ।

वडा कार्यालय बाट स्वीकृत लिएर मेला आज देखि सुरु गर्न लागिएकोमा रुपन्देही व्यापार संघको निर्देशनमा ‘गुण्डागर्दी’को शैलिमा मेला स्थलमा तोडफोड तथा हातपात गरिएको मेला सञ्चालक प्रकाश भुसालले बताए ।

नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइएको मेलामा नेपाली उत्पादनका जुत्ता तथा चप्पलहरु राख्ने भनिएको छ ।

युवाहरुको समुहले भने बुटवलको बजार शिथिल भएको अवस्थामा कुनै पनि व्यक्तिले लामो समय सम्म मेला लगाउँदा व्यापारीहरुको उठिबास हुने बताएका छन् ।

‘हामीले लाखौ भाडा तिरेर व्यवसाय गरेका छौ । तर यहाँ खुल्ला स्थान छ भन्दैमा लामो समय सम्म मेला त्यो पनि व्यक्तिले लगाउँदा बुटवलका व्यवसायी उठ्नुको विकल्प छैन् । त्यसैले यो मेला राकिनुपर्छ’ एक युवाले भने ।

जुत्ता मेला रोक्न यहाँका केही संघसंस्थाले सञ्चालकलाई निर्देशन पनि दिएका थिए ।

उता रुपन्देही व्यपार संघले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो ।

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । यद्यपी उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको उल्लेख गरे ।

यस्तो छ व्यापार संघको ध्यानाकर्षण पत्र 

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको मेला आयोजकले बताएका थिए । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावर लक्ष्यसहित मेला आयोजना गरिएको थियो ।

व्यापार संघले मेला सञ्चालनका विषयमा ध्यानआर्कषण पत्र पठाएपछि भने व्यापार संघले व्यापारमा ‘सिन्डिकेट’ लगाउन खोजेको आरोप लगाउँदै सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित