रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

देवदहमा फोहोर बर्गीकरण अभियान सुरु

बुटवल । देवदह नगरपालिका–५, वडा कार्यालयले फोहोर बर्गीकरण अभियान शुरु गरेको छ ।

डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोरलाई बर्गीकरण गर्ने अभियान शुरु गरेको हो ।

वडा भित्रको प्रत्येक टोलमा फोहोर बर्गीकरण गर्ने अभियान संचालन गरेको र बर्गीकरण गरेपछि मात्र फोहोर उठाउने वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।

फोहोर बर्गीकरण नगर्दा धेरै समस्या आएको भन्दै प्रत्येक टोलमा पुगेर फोहोर बर्गीकरण गर्ने अभियान संचालन गरेको बताए ।

देवदह नगरपालिकाले बुद्ध सामुदायिक वन क्षेत्रमा डम्पिङ्ग निर्माण गरी फोहोर व्यवस्थापन गर्दै आएको थियो । देवदह नगरपालिकाले डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्दा दुर्गन्धीत फैलिएको भन्दै बुद्ध सामुदायिक वन उपभोक्ता समुहले विगत एक महिनादेखि डम्पिङ्ग साईडमा फोहोर फाल्न रोक लगाएको छ ।

फोहोरलाई बर्गीकरण गरेपछि मात्र देवदह नगरपालिकाले संचालन गरेको डम्पिङ्ग साईडमा फाल्न दिने सहमति अनुसार फोहोर बर्गीकरणको अभियान शुरुवात गरेको हो । फोहोर बर्गीकरण नगर्दा डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्न असहज भएकोले गाउ÷टोलमा फोहोर बर्गीकरण गर्ने गरी अभियान संचालन गरिएको वडाअध्यक्ष डुम्रेले जानकारी दिए।

नगरपालिकाले बर्गीकरण नगर्दा सम्म घर÷घरबाट फोहोर नउठाउने निर्णय गरेसंगै फोहोर बर्गीकरण सम्वन्धी आमनागरिकलाई सचेतना जगाउनको लागि अभियान संचालन गरेको डुम्रेले बताए ।

पहिलो चरणमा प्रत्येक टोलमा पुगेर फोहोर बर्गीकरण संगै कुहिने फोहोर र नकुहिने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आमनागरिकलाई जानकारी दिने गरी अभियान संचालन गरेको डुम्रेले बताए ।

देवदहको खैरेनी चोक देखि शुरु गरिएको फोहोर बर्गीकरणको अभियान गोठीडी मार्ग, सिद्धार्थकलोनी, दुर्गानगर, बैकुण्ठनगर, दुर्गानगर, नमुना हरियाली टोलमा फोहोर बर्गीकरण गरिएको र वाकी रहेको टोलहरुमा निरन्तरण रुपमा अभियान संचालन गर्ने बताऐ ।

फोहोरलाई घरमै व्यवस्थित गर्न सके फोहोरलाई मोहरमा परिणत गर्न सकिने भएकोले अभियान संचालन गरिएको उनले बताए ।

फोहोर बर्गीकरण अभियानमा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी तथा आमनागरिकको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित