बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

अक्सफोर्डमा युएनको नमुना बैठक :हिंसा रोक्न साझा प्रयास आवश्यक

बुटवल । विश्वमा लैंगिक हिंसाको समस्या चुनौतीका रुपमा देखिएको र त्यसको समाधानका लागि साझा पहल गर्नु पर्ने रुपन्देही बुटवलका विद्यार्थीहरुले सुझाव दिएका छन् ।

सामाजिक, धार्मिक, घरेलुलगायतका हिंसाका घटनाहरु सामाजिक विकासका बाधक बनेको भन्दै उनीहरुले त्यसको समाधानका लागि साझा पहल आवश्यक रहेको बताएका हुन् । शारिरिक, मानसिक र सामाजिक रुपमै हिंसा बढेको भन्दै यसलाई रोक्नुको विकल्प नभएको पनि उनीहरुले सामुहिक तर्क राखेका थिए ।

बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा नौ का विद्यार्थीहरुले शुक्रबार आयोजना गरेको युनाईटेड नेशनस् (युएन) को नमुना अभ्यास कार्यक्रम (बैठक) मा सहभागि १५ राष्ट्रका प्रतिनिधी विद्यार्थीहरुले विश्वमा चुनौतीका रुपमा देखिएको लैंगिक हिंसा सबैको सहकार्यमा समाधान गर्नु पर्ने बताएका थिए ।

उनीहरुले लैंगिक हिंसामा सामाजिक, धार्मिक, घरेलुलगायतका रहेतापनि त्यसमा बलत्कार र बालविवाह झनै चुनौतिका रुपमा देखिएको उनीहरुले बताए ।

पछिल्लो समय भारतमा भएको बलात्कारको घटनाले विश्वलाई चकित पारेको भन्दै महिला, पुरुष, बालबालिका जो कोहीमा हुने हिंसा कम गर्नका लागि सबै राष्ट्रहरुले सामुहिक प्रयास र कानुनलाई अक्षरस पालना गर्नु पर्नेमा जोड दिए ।

शान्तिका लागि स्थापना गरिएको युनाइटेड नेशनस्को नमुनाका रुपमा अक्सफोर्डमा भएको अक्सफोर्ड मोडल युनाइटेड नेशनस्को शुक्रबार गरिएको बैठकमा नेपाल, भारत, चिन, पाकिस्तान, अफगानिस्तान, युएसए, बंगलादेश, मेस्किको, साउथ अरवीया, रसिया, डेनमार्क, यक्रेन, युके, फ्रान्स गरि १५ राष्ट्रका तीन÷तीन जना गरि ४५ प्रतिधिनी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नौ कक्षाका ४५ जना विद्यार्थी १५ राष्ट्रका प्रतिनिधी बने र आफ्ना भनाई राखेका थिए । अक्सफोर्ड नमुना युनाइटेड नेशनस्को बैठकको अध्यक्षता विद्यार्थी सृजल शर्माले गरेका थिए ।

बैठक पुर्व कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले शैक्षिकसँगै विश्व परिदृष्यका घटनाका बारेमा बुझ्ने र जान्ने अधिकार विद्यार्थीमा हुनु पर्ने बताए ।

विश्वमा शान्ति स्थापनाका लागि युएनले खेलेको भुमिका अतुलनीय रहेको उल्लेख गर्दै युएनका गतिविधि र त्यसका कार्यक्रमहरुलाई विद्यार्थीले अक्सफोर्डमा नमुनाका रुपमा गरेर उदाहरणीय कार्य गरेको भन्द्र प्रशंसा गरे ।

कार्यक्रममा अक्सफोर्डका प्राचार्य दिनेश भुसालले कक्षा नौ को पाठ्यक्रममा भएको विषयका आधारमा प्रयोगात्मककै रुपमा अक्सफोर्डमा नमुना युनाइटेड नेशनस्को बैठक कार्यक्रम गरिएको बताए । उनले विद्यार्थीहरुलाई हरेक कुरामा अब्बल बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै पाठ्यक्रममा आधारित कुरासँगै अतिरिक्त शिक्षालाई पनि उत्तीकै जोड दिदै आएको बताए ।

नमुना युएन उद्घाटन कार्यक्रममा अक्सफोर्ड क्याम्पस अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाललगायतले युएनको नमुना अध्यास बैठक कार्यक्रमले विद्यार्थीमा थप उर्जा थपिएको बताए । कार्यक्रमको संचालन शिक्षक कपिल ढकालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित