तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित