जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए ।

काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०:२० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित