तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै छन् ।

प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यद्यपि ५ अन्य साना दलहरूले सरकारलाई समर्थन गर्ने जनाइसकेका छन् । ११ दल क्रियाशील रहेको प्रदेशमा ८७ सांसद रहेकोमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्दछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने जनाएका छन् । अहिले एमालेबाट मुख्यमन्त्रीसहित ५, कांग्रेसबाट ४ मन्त्री रहेका छन् । १२ सदस्यीय मन्त्रीमण्डलमा ३ मन्त्री चयन हुन बाँकी छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित