तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत (तस्वीरहरु)

अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्।

कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा स्वागत तथा तिज पुनर्मिलन कार्यक्रम भएको हो ।

कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अक्सफोर्ड  मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गरिन ।

अर्यालले बुटवलनगर शिक्षाको हव भएको हुदा काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन समेत आग्रह गर्नुका साथै बुटवल सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको  जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताइन।

स्वागत तथा तीज पुनर्मिलन कार्यक्रममा बाेल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका परीक्षा शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताए ।

अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली ,विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, स्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे ,शिक्षा अधिकृत यादव विष्ट,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही नगद रू दस हजार र तीन हजारले सम्मान समेत गरिएको थियोे ।स्वागत कार्यक्रममा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार अस्मिता अधिकारीकाे बेजोड प्रस्तुति रहेको थियोे । कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत मन्तव्य तथा विद्यार्थीहरू स्तुति पाैडेल,सर्लेट भुसाल,अन्जली खरेल र करिष्मा बेल्बासेकाे संञ्चालनमा सम्पन्न भएको थियोे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित