तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ’एम’ क्लस्टर ५ को पदस्थापन

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ’एम’ क्लस्टर ५ अन्तर्गत रहेका २४ वटा क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा क्लस्टर प्रमुख पुरुषोत्तम मैनालीको संयोजनमा आयोजित पदस्थापन कार्यक्रम भएको हो ।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर चण्डी अर्यालले लायन्स क्लब अफ काठमाडौं गुल्मीको अध्यक्ष लोकेन्द्र मल्लको अध्यक्षता र शान्ती शर्मा खरालको सञ्चालन रहेको कार्यक्रममा दुई लायन्स क्लब र एक लियो क्लबको समुद्घाटन गरेका थिए ।

कार्यक्रमको आयोजक कमिटीमा रिजन चेयरपर्सन भूपराज काफ्ले, दीपक आचार्य, शंकर प्रसाद पाण्डे, जोन चेयरपर्सन लोकेन्द्र मल्ल, भवानी खतिवडा, लता शाह चन्द, रीता कँडेल कोइराला, शान्ता अर्याल र कमला ज्ञवाली रहेका थिए । पदस्थापन पश्चात् कार्यक्रमको अध्यक्षता खडानन्द भट्टराईले गरेका थिए । समारोहमा स्वागत मन्तव्य कार्यक्रम संयोजक पुरुषोत्तम मैनाली र धन्यवाद ज्ञापन रिजन चियर पर्सन दिपक आचार्यले गरेका थिए ।

समारोहमा कार्यक्रम संयोजक पुरुषोत्तम मैनालीले हिन्दुहरुको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा उपस्थित महिला दिदीबहिनीहरुलाई सम्मान स्वरुप सल र चुरा उपहार दिइ शुभकामना दिएकी थिइन ।

समारोहमा निवर्तमान गभर्नर भिमलाल पौड्याल, पूर्व गभर्नर महेन्द्र पौडेल, फर्स्ट भिडिजी धनिराम बराल, सेकेन्ड भिडिजी रत्नप्रसाद पराजुली, क्याबिनेट ट्रेजरर शम्भु बास्तोला, डिस्टिक चिफ एडभाइजर किशोर बराल, डिस्ट्ीक लिडरहरु दिपक खरेल, लिलामणी खरेल, फर्सुुराम पाण्डे, रामप्रसाद खनाल, रामहरि ज्ञवाली लगायत लायन्स लिडरहरु, विभिन्न क्लबका पदाधिकारी सदस्यहरु, लियो क्लबका पदाधिकारी सदस्यहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गभर्नर चण्डी प्रसाद अर्यालले आफ्नो कार्यकाललाई यो वर्षका लागि ल्याएको ‘टुगेदर वी क्यान’ नारा सफल र सुनौलो बनाउन पदस्थापित क्लबका अध्यक्ष तथा पदाधिकारीलाई आग्रह गरेका थिए । त्यस्तै शुभकामना दिदै लायन्स लिडरहरुले सेवालाई प्रमुख केन्द्रमा राखेर कार्ययोजना निर्माण र त्यसलाई पुरागर्न सुझाएका थिए ।

कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरुले आफूले सम्पन्न गरेका महत्वपूर्ण योजनाहरुको चर्चा गरेका थिए भने वर्ष २०२४÷२५ को लागि अनुबन्धित अध्यक्षले गभर्नरले ल्याएको ‘टुगेदर वी क्यान’ को नारालाई सफलिभूत बनाउन अहोरात्र गरिने वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले आफ्नो कार्यकाललाई लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्य गर्ने क्लब र पदाधिकारीहरुको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित