दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा वडाध्यक्ष सहित चार जना पक्राउ

गएराति नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा राप्तीसोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन्।

एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति करिब साढे आठ बजे राप्तीसोनारीको विनौनामा वलीको समूहले सन्दिप विष्ट र सुलभ मल्ललाई खुकुरी हानेको बाँके प्रहरीको जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विष्ट र मल्ललाई थप उपचारका लागि भारतको लखनऊ लगिएको छ।

स्रोतका अनुसार वली समूहको समिर विष्ट समूहसँग लामो समयदेखि रिसिइबी थियो। अहिले वली समूहले खुकुरी हानेका सन्दिप समिरका भाइ हुन्। पहिले वली र समिर एउटै समूहमा थिए। समिर छुट्टिएपछि दुईका बीचमा दुश्मनी भएको थियो। केही महिना अघि युवा संघले बाँकेको कम्दीमा कार्यक्रम गरेर फर्किने क्रममा विष्टको समूहले ढुंगा हानेको युवाले आरोप लगाएर केही दिन आन्दोलन नै गरेको थियो।

एउटै समूहमा रहेका वली र समिर छुट्टिएपछि उनीहरूबीच टकराब बढेको हो। एमालेमा रहेका समिर वली समूहबाट छुट्टिएपछि कांग्रेसतर्फ लागेको बताइएको छ।

एमालेको नेपालगञ्जमा भएको एउटा कार्यक्रममा डन चक्रे मिलन आउँदा वलीलगायतका युवा उनको वरिपरी देखिएका थिए। लफडा गर्नेहरू नदीजन्य पदार्थको कारोबारमा संलग्न रहेको पाइन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित