तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दीप बोर्डिङका चालक तथा सहचालकलाई ट्राफिक सचेतना कार्यक्रम

 

बुटवल। बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुल (विद्यालय) मा ट्राफिक सचेतना कार्यक्रम भएको छ ।

विद्यालयले आफ्ना सवारी हाक्ने चालक तथा सह–चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराउनृ उद्देश्यले एक दिने ट्राफिक सचेतना कार्यक्रम गरेको हो । दिनप्रतिदिन सडक दुर्घटनामा वृद्धि हुँदै आएको अवस्थामा आफ्नो विद्यालयका साना–ठुला सवारी हाक्ने चालक तथा सहचालकहरुलाई पछिल्लो डिजिटल प्रविधिसँगै आएको ट्राफिक नियमबारे जानकारी गराइएको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए ।

सवारी दुर्घटना कुनैपनि समयमा कुनै पनि बेला जस्तोसुकै परिस्थितीमा हुन सक्ने भएकाले बढ्दो सवारी चाप र तिब्रगतिका कारण हुने दुर्घटनाबाट आफ्ना सवारीलाई जोगाउन विद्यालयले चालक तथा सहचालकहरुलाई पछिल्लो ट्राफिक नियमका बारेमा अपडेट गराएको प्राचार्य न्यौपानेले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले पछिल्लो समय ट्राफिक नियम उलंघन गरेकै कारण धेरै सावरी दुर्घटनामा पर्ने गरेको उल्लेख गर्दै ट्राफिक नियमको पालना गरेमा मात्रै दुर्घटनाको सिकार कोहीपनि हुन नपर्ने बताए ।

उनले विद्यालयका चालक तथा सहचालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउँदै सडक, सवारी र चालकका कारण नै सवारी दुर्घटना हुने बताए । उनले ट्राफिक नियमको उलंघन गरे हुने दुर्घटनाको अवस्था र कानुनी सजाएका बारेमा पनि जानकारी गराएका थिए।

विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेयको संचालनमा भएको कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य लगायतले अहिलेको अवस्थामा सडक दुर्घटनाबाट जोगिन ट्राफिक नियमको पालना गर्नु बाहेकको विकल्प नभएको बताए । विद्यालयका कर्मचारी संयोजक सुरेन्द्र अधिकारीको संयोजनामा भएको कार्यक्रममा विद्यालयका साना तथा ठुृला सवारी हाक्ने दुई दर्जन चालक तथा सहचालकहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित