तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल बहुमुखीको क्याम्पस प्रमुखमा डा.दुर्गा भुसाल नियुक्त

बुटवल । बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी डा. दुर्गा भुसाललाई दिइएको छ ।

रिक्त क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को साउन २८ गतेको निर्णय अनुसार डा. भुसाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको उपकुलपति प्रा.डा. केशर जङ्ग बरालले जानकारी दिए ।

क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले आफ्नो स्वास्थ्यमा समस्या परेकाले क्याम्पस प्रमुख पदमा रही कार्य गर्न नसक्ने भन्दै गत साउन २४ गते राजीनामा दिएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–५ मा जन्मिएका डा. भुसाल बुटवल उपमहानगरपालिका–१२ निवासी हुन । उनले २०६२ सालदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत भुसालले विद्यावारिधी (पीएचडी) गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित