युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

पाँच घन्टापछि खुल्यो तुलसीपुर-घोराही सडक

टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर-घोराही सडक पाँच घन्टापछि खुलेको छ।

शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही-१५ का ३९ वर्षीय गम्भीर घाइते भएका थिए। उपचारको क्रममा शनिबार बिहान उनको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ६ बजेदेखि सडक अवरूद्ध गरेका थिए।

बिहान ११ बजे मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो।

क्षतिपूर्तिबारे कुरा समिति र मृतकका परिवारबीच कुरा मिलेपछि पाँच घन्टादेखि अवरूद्ध सडकमा सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो।

बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको एसपी केसीले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित