३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारीमा बृहत स्वास्थ्य शिविर

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारीमा बृहत स्वास्थ्य शिविर कार्यक्रम भएको छ । एडमन सिटी अस्पतालको प्राविधिक सहयोगमा  शनिबार सियारी गाउँपालिका स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको  निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ६०० भन्दा बढीले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरको ९० वर्षिया सुर्यकला सुवेदीको स्वास्थ्य चेकजाँच गरि जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईं, क्लबका अध्यक्ष देविराम पाण्डेले कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष चापागाईंले स्वास्थ्य शिविरको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै निरन्तर रुपमा सामाजिक कार्यमा लाग्न आग्रह गरे ।

सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गाउँपालिकावासीको स्वास्थ्य प्रती पालिका सचेत हुनुका साथै आवश्यक सहयोग गर्न तयार रहेको बताइन ।
यस्तै क्लबका अध्यक्ष देविराम पाण्डेले मानिसको सबै भन्दा ठूलो धन भनेको नै स्वास्थ्य भएकाले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । साथै अध्यक्ष पाण्डेले क्लबले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यक्रमको गर्दै आएको बताउदै आगामी दिनमा पनि अझ प्रभावकारी र व्यवस्थित रुपमा क्लबको गतिविधिलाई अघि बढाउने बताए ।

एडमण्ड सिटि अस्पतालका व्यवस्थापक मुक्ति काफ्लेले स्वास्थ्य शिविरमा चेकजाँच गर्दा स्वास्थ्यमा समस्या देखिए त्यस्ता विरामीलाई ओपिडी टिकट निशुल्क गर्नुका साथै अन्य सेवामा पनि छुट दिइने बताए ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन चिकित्क एवं रोटरी क्लव तिलोत्तमा रुपन्देहीका सदस्य रोटरीयन डाक्टर नन्दु पाठक, स्त्री तथा प्रसुति रोग बिशेषज्ञका रुपमा रोटरीयन डाक्टर सतिष रुपाखेती, हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नि प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा. डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिषेशष एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गूप्ता लगायतका लगायका डाक्टरहरुले विरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।
स्वास्थ्य शिविरमा सर्जरी, भिडियो एक्सरे, बालरोग, जर्नल फिजिशियन, दाँत रोग, स्त्री तथा प्रस्तुति रोग, हाडजोर्नी तथा नशा रोग र एच आई भि लगाएतको स्वास्थ्य  चेकजाँच गरीएको क्लबका सचिब अर्जनुप्रसाद आचार्यले बताए ।

सियारी गाउँपालिकाको सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्याक्ट क्लब अफ शुद्धोधन र रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह सह आयोजकको रुपमा रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित