युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

भैरहवालाई सातामा ४ दिन बैंककसँग जोड्दै थाई एयर एसिया

थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो । ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।’

उनका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गरेका छन् ।

थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने प्राधिकरणले जनाएको छ ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैंक ग्यारेन्टीमार्फत गत चैतमा बुझाइएको विमानस्थलको महाप्रबन्धक जगन्नाथ निरौलाले गत चैतमै बताएका थिए । ‘साँवा र ब्याज गरी २७ करोड बुझाउन २४ किस्तामा बुझाउन बैंक ग्यारेन्टी प्राप्त भएको छ,’ उनको भनाइ थियो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङको कार्यकालमा थाई एयर एसियाले उडानका लागि मन्न्त्रालयमा आवेदन दिएको थियो । मन्त्रालय हुँदै प्राधिकरण र मातहतका कार्यालय पुगेको प्रस्तावमा बिहीबार निर्णय भएको हो । २० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित