रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको हो।

घटना आइतबार बिहान ४:२५ बजे भएको उनले बताए।

‘ट्रकमा चालकसमेत ३ जना हुनुहुन्थ्यो’, प्रहरी निरीक्षक थापामगरले भने, ‘तर उहाँहरू तीनै जनाको सकुशल उद्धार भएको छ।’

आगलागीबाट ट्रकको इन्जिन र बम्परको भाग तथा ६ वटा टायर जलेर नष्ट भएको उनले जानकारी दिए।

ट्रक खाली थियो। उक्त ट्रक सिमेन्ट लिन लमहीस्थित सिमेन्ट उद्योग आउँदै थियो।

ट्रकमा आगो लागेको खबर पाउनासाथ अस्थायी पोस्ट रिहारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

‘वायरिङको तार सर्ट भएर आगो लागेको अनुमान छ,’ प्रहरी निरीक्षक थापामगरले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित