युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बुटवल । बुटवल १ मा रहेको बुटवल माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरुको लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा सेनिटरी प्याड वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ तिनाउ बुटवलकी अध्यक्ष रमिला शर्माले क्लवको बार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको बताउदै महिनावारी भैसकेका किशोरीहरुमा पाठेघरको सुरक्षा संगै पाठेघर क्यान्सरका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताईन ।
साथै अध्यक्ष शर्माले महिनावारीका कारण कुनैपनि किशोरी बिद्यालय आउनबाट बञ्चित हुन नपरोस भनी सेनिटरी प्याड वितरण गरिएको बताईन ।

प्रमुख अतिथी क्लबका एजी हिमाल गैरेले महिलाहरुको सयप्रतिशत सहभागिता रहेको क्लबले गर्ने हरेक गतिबिधि समाजमा सचेतना फैलाउने खालका हुनुपर्ने बताए ।

उनले महिलाका समस्याका बारेमा धेरै महिलाहरु नै जानकार हुनेहुदा यस्ता महत्वपुर्ण कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
कार्यक्रम संयोजक तथा क्लबका प्रसिडेन्ट नोमिनी माया भट्टराईले बिद्यालयमा पठनपाठन गर्ने किशोरीहरुलाई महिनावारी हुँदाको समयमा बिद्यालय छोड्न नपरोस् भन्ने उद्देश्यले गतबर्षको कार्यक्रममा पाँच वर्षसम्म सेनेटरी प्याड दिने घोषणा गरेको र सोही अनुसार सेनिटरी प्याड वितरण गरिएको बताईन ।

साथै संयोजक भट्टराईले क्लबले संगसंगै पछिल्लो समय धेरै महिलाहरुको समस्याको रुपमा सिर्जना भएको पाठेघरको मुखको क्यान्सर जस्तो महत्वपुर्ण कार्यक्रमलाई संगै जोड्न पाउँदा खुशी लागेको बताईन ।

कार्यक्रममा प्रशिक्षक ओम महिला तथा बाल अस्पताल प्रालिका मेडिकल सुपरिटेन्डेन बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा.शर्मिला शर्माले बिद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्यनन गर्ने छात्राहरुलाई पाठेघरको क्यान्सर हुने कारण, अवस्था, सुरक्षित हुने उपाय सुरक्षित महिनावारी, सरसफाइ र प्रजनन स्वास्थ्यका बारेमा सहजिकरण गरेकी थिईन ।

डाक्टर शर्माले पाठेघरको मुखको क्यान्सर विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ भने नेपालमा भने यो पहिलो नम्बरमा पर्ने जानकारी दिईन ।

विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको पाइन्छ । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको कारणले गर्दा हुन्छ । तर यो संगै सानो उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु, सानो उमेरमा बच्चा जन्माउनु र सरसफाईको कमीले पनि हुन सक्छ ।

डाक्टर शर्माले पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, महिनावारी सुकिसकेको महिलाहरुलाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षणहरु देखा पर्ने यि लक्षण देखा पर्नेबित्तिकै चिकित्सकको सल्लाह लिन अनुरोध गरिन ।

पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउपुग्ने प्रविधि नेपालमा आईसकेको बताईन ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ तिनाउ बुटवलका क्लबका संस्थापक अध्यक्ष देबी वाग्लेले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरका बारेमा आफुले जानकारी पाईसकेपछि घरमा गएर आमा दिदि भाउजु र छिमेकका महिलाहरुलाई पनि जानकारी गराउन अनुरोध गरिन ।

बिद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले किशोरी स्वास्थ्य अन्र्तगतको महत्वपुर्ण कार्यक्रमका लागि क्लबले बुटवल मावि छनोट गरेकामा धन्यवाद ब्यक्त गरे । राज्यले किशोरीहरुलाई बिद्यालयमा निशुल्क सेनिटरी प्याड वितरण गर्ने घोषणा गरेपनि त्यो निरन्तर र प्रभावकारी हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा पब्लिक ईमेज कमिटी चेयर अनुपमा श्रेष्ठले डा.शर्माको बायोडाटा प्रस्तुत गर्दै महिलाका बिषयमा निरन्तर स्वास्थ्य सचेतनाका लागि साथ दिन आग्रह गरिन ।

कार्यक्रममा क्लबका आई पि पि अमृता भुसाल, रोट्र्याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष बसुन्धरा शर्मा, इलेक्ट प्रेसिडेन्ट उमा आचार्य, सचिव सपना कार्की लगायतले बोल्दै किशोरीहरुलाई अध्ययन संगसंगै आफ्नो स्वास्थ्यको पनि बिशेष ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका, बिद्यार्थीहरु र क्लबका सदस्य गरि १५० जनाको सहभागिता रहेको थियो।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित