बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न                
समाचार :

आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे

बुटवल । तिनाउ नदिमा बगरे एक बालकको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ स्थीत श्रृजना नगरमा रहेको आफन्तकोमा भेटन आएका २ बालक नदिमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए।

आफ्नी आमासंग सानी आमाको घरमा भेट गर्न आएका बरेङ गाउपालिका वडा नं ४ बाग्लुङ घर भई श्रृजना नगर बस्ने १२ बर्षिय बिवस खत्री र सैनामैना नगरपालिका बस्ने ८ बर्षिय बिप्रन पाण्डे तिनाउ नदिमा बगेका हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदिमा पौडी खेल्न गएका ३ जना मध्ये दुई जनालाई नदिले बगाएको देखेपछि संगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। तिनाउ नदिमा बगेका दुवै बालक दिदि बहिनीका छोराहरु हुन्।

तिनाउ नदिमा बगेका मध्ये १२ बर्षिय बिवस खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल मृत अवस्थामा नदिमा भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले बताए।

पण्डितका अनुसार नदिमा हराई रहेका बिप्रन पाण्डेको खोजी भैई रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित