३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका छन् ।

बुटवलमा रहेको प्रमुख प्रमुखको कार्यालयमा बिहान प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ गरेपछि करिब ३ घण्टाको गाडी यात्रापछि देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिउँसो पदभार ग्रहण गरेका हुन् ।

प्रदेश राजधानी देउखुरीमा भएपनि प्रदेश प्रमुखको कार्यालय अझै बुटवलमै रहेको छ । अर्घाखाँची क्षेत्र १ (१) का आचार्य यसअघि तीन पटक मन्त्री भएर काम गरेको अनुभव छ । एमाले संसदीय दल उपनेता आचार्य कानुनमा स्नातक उतीर्ण छ । एमालेभित्र पुसमा संसदीय दलको नेता चयन गर्ने बेला दलका नेता लिला गिरी पहिलो चरणमा मुख्यमन्त्री हुने र उपनेता आचार्य दोस्रो चरणमा मुख्यमन्त्री हुने भद्र सहमति अनुसार आचार्य कांग्रेस–एमालेको गठनबन्धनबाट आचार्य मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री आचार्यसहित एमाले र कांग्रेसका चार/चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । विनाविभागीय आठ जना मन्त्रीलाई छिट्टै मन्त्रालयको जिम्मेवारी तोकिने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित