तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी

बुटवलको मणिमुकुन्द सेन उद्यान फुलबारीमा एकवर्षमा झण्डै सात लाख पर्यटकले अवलोकन गरेका छन् ।

गत आर्थिक वर्ष २०८०÷८१ मा झण्डै साढे पांचलाख पर्यटक सशुल्क र एकलाख पचास हजार पर्यटक निशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।

यो अवधीमा ५७ हजार बढि भारतीय पर्यटक र तिन लाख ९० हजार बढि आन्तरिक पर्यटक रहेका छन् । समितिले बुधवार पत्रकार सम्मेलन गरी उद्यानमा एकवर्षको अवधीमा भएगरेका कामहरुको बारेमा जानकारी गराएको थियो ।

सोहि अवसरमा समितिका महासचिव युवराज घिमिरेले गत आर्थिक वर्षमा ३ करोड ७३ लाख ६१ हजार आम्दानी गरि ३ करोड ३७ लाख १४ हजार बराबरको विभिन्न कामहरु गरिएको बताए ।

यो अवधीमा शिवालय मन्दिर पुनर्निर्माण, कुंडुले घर तथा सन्चोविसन्चो केन्द्र निर्माण चिडियाखाना र बगैंचा निर्माण निर्माण तथा व्यवस्थापन लगायतका कार्यहरु सम्पन्न गरिएको बताए ।

समितिका अध्यक्ष माधव नेपालले उद्यानमा विभिन्न संरचनाहरुको विकास तथा निर्माण गर्नुपर्ने भएपछि श्रोत अभावका कारण काम अगाडी बढाउन नसकिएको बताए ।

उनले मणिमुकुन्द सेन उद्यान फुलबारी मात्र नभई पुरातात्विक सम्पदा भएकोले यसलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गराउनका लागि सबै क्ष्ँेत्रबाट पहल हुनुपर्ने बताए ।
फुलबारीलाई आकर्षक बनाउन सके स्वदेशी तथा विदेशी पर्यटकहरु समेत भित्राउन सकिने अध्यक्ष नेपालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित