बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव

नेपालगन्ज-कोहलपुर सडकखण्डमा पर्ने गनापुर नजिकै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

लु २ ख ४६ नम्बरको बसले ठक्कर दिँदा कोठारपुरकी कलावती भाटको मृत्यु भएको हो । उक्त बसका चालक कृष्ण थापाले ब्याक गरेर मारेको र प्रहरीले चालकलाई फरार गराएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । ‘अगाडिबाट ठोक्यो । अनि ब्याक गरेर चक्कामा हालिदियो, अनि चक्काबाट निकालेर बाहिर फाल्यो लास, प्रत्यक्षदर्शी रामसागर भाटले भन्नुभयो, ‘अनि ड्राइभरलाई पुलिसलाई भगाइदियो ।’

स्थानीयले सडक एकतर्फी अवरुद्ध गरेका छन् । यति बेला घटना स्थलमा तनावग्रस्त छ भने स्थानीयले प्रहरीमाथि कारबाहीको माग गर्दै विरोध गरिरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित