तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो

सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा असार अन्तिम साता झरीका बीच गरिएको कालोपत्र उप्काउन लगाएको छ ।

निर्माण व्यवसायी जीवन एण्ड ब्रदर्शलाई पत्र लेखेर कार्यालयले सिद्धार्थ राजमार्गको दोभानमा निर्माण गरेको कालोपत्र न्यून गुणस्तरको भएकाले सबै उप्काएर सुरक्षित स्थानमा फाल्न निर्देशन दिएको हो ।

सडक डिभिजनले अन्यथा कार्यालयले नै उप्काउन बाध्य हुने चेतावनी दिएपछि निर्माण कम्पनीले गुणस्तरहीन कालोपत्र उप्काएको छ । कार्यालयले उपयुक्त मौसम र तापक्रमबिना अब सडक कालोपत्रे नगर्न समेत गराएको छ ।

कालोपत्र उप्किएपछि पाल्पा सांसदसँगै अन्य सरोकारवालाले पनि चासो लिँदै स्थलगत अनुगमन गरेका छन् ।

सिद्धार्थ राजमार्गको दोभान क्षेत्रमा गरिएको कालोपत्र भ्याटसमेत १८ लाख १६ हजारमा ठेक्का लागेको हो । निर्माण व्यवसायीले असार २५ देखि ३१ गतेसम्म पानी परिरहेकाबेला कालोपत्र गरेपछि स्थानीयले लापरबाही भएको गुनासो गर्दै आएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित