रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–५ का सडकमा गरिएको बत्ती जडानपछि दिइएको भुक्तानीका विषयमा स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गरेका छन् ।

उज्यालो तिलोत्तमा अभियान अन्तरगत वडानम्बर ५ का आठ वटा टोलमा वत्ती जडान गर्दा दोब्बर मुल्य बरावरको विल भरपाई बनाइ भुक्तानी माग गरिएको भन्दै स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय टोलमा बत्ती जडान गर्न आब्हान गरिएको टेण्डर मुल्य पुर्याउनका लागि दोब्बर मुल्य बरावरको विल भरपाई बनाई नगरपालिकासँग रकम माग गरिएको स्थानीयको गुनासो छ । स्थानीय सडक वत्ती जडान तथा मर्मत उपभोक्ता समितिले प्रत्यक टोलमा बत्ति जडान गर्ने भनेर ४ लाख ३८ हजार मुल्य बरावरको माग पत्र पेश गरेको थियो ।

समितिका अध्यक्ष यक्तमुर्ति भट्टराईको संयोजकत्वमा बनेको समितिले जडान गरेको सडक वत्तिका विल भरपाईमा दोब्बर मुल्य समावेश गरि अनिनमितता देखिएको भन्दै स्थानीयले त्यसको जवाफ माग गरेका हुन् ।

यद्धपी समितिले २०८०÷८१ को बजेट अनुसार भुक्तानी लिई सकेको र बजार मुल्य बरावर भुक्तानी भएको वडा कार्यालयले जनाएको छ । शुक्रबार वडा कार्यालयमा भेला भएका स्थानीयले विलभरपाई बनाउदा दोब्बर रकम बनाइ अनियमतिता गर्न लागेको भनेर आफुहरुले ध्यानाकर्षण गराएको बताएका हुन् ।

भेलामा स्थानीय शान्ति टोल विकास संस्थाका गणेश पाण्डेले बत्ती जडानपछि बजार मुल्यभन्दा दोब्बर मुल्य बनाई विल भरपाई पेश गरिएको र त्यसलाई समायोजन गरि मुल्य मिलाइएको भन्दै उपभोक्ता समितिमा अनियमितताको गन्ध देखिएको बताए।

२१ सय पर्ने सडक लाईटलाई ३७ सम्मको मुल्य राखि बिल बनाइएको पाइएपछि ध्यानाकर्षण गराइएको पाण्डेले बताए । भेलामा नरेश भण्डारीले बत्ती जडानका क्रममा हुन थालेको अनियमितता रोक्नका लागि आफुहरुले ध्यानाकर्षण पत्र बुझाएर त्यसलाई रोक्न सफल भएको बताए ।

 

नेकपा एमालेका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पुसमा वत्ती जडान गरिनु र बैशाखमा आएर उपभोक्ता समितिलाई पुर्णता दिनु त्यसमै शंका रहेको बताए । वडामा जडान गरिएको सडक वत्तीमा अनियमितता भएको भन्दै नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले गएको बैशाखमा ध्यानाकर्षण पत्र बझाएका थिए ।

सडक बत्तीबा विषयमा देखिएको विवादका विषयमा उपभोक्ता समिति र वडा कार्यालयले चित्त बुझ्दो जवाफ दिनु पर्ने पुर्व वडाध्यक्ष चेतनारायण भण्डारीले सुझाव दिए । वत्ती जडानका विषयमा टेण्डरकै आधारमै विलभरपाई नगरपालिकाबाट पास भएको वडाध्यक्ष रमेश डुम्रेले बताए । उनले  वडा कार्यालयले वत्ती जडानका विषयमा हुन थालेको अनियमिततालाई रोकेर बास्तविक बजार मुल्य अनुसार आर्थिक वर्ष २०८०÷८१ को बजेट अनुसार भुक्तानी भएको भेलालाई जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित