रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन

लियो क्लब अफ बुटवल सिद्धबाबाले आज  नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि  क्लबको  आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो  ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया ब. सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे ।
सो अवसरमा बोल्दै सिलवालले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए । यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको उहाँले बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष  लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए। आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा  रगत सधै अभाव देखिने उनले  बताए ।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लवले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको बताए ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए  । हाल यस क्लवमा ३२ सदस्य रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित