३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन

लियो क्लब अफ बुटवल सिद्धबाबाले आज  नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि  क्लबको  आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो  ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया ब. सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे ।
सो अवसरमा बोल्दै सिलवालले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए । यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको उहाँले बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष  लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए। आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा  रगत सधै अभाव देखिने उनले  बताए ।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लवले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको बताए ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए  । हाल यस क्लवमा ३२ सदस्य रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित