रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा एमाले कार्यकर्ताको हत्या प्रकरणः २ जना पक्राउ

बुटवलमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रवि थापाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

बुटवल–९ कालिकानगरमा रहेको मोन्टोना रेस्टुरेन्टमा थापामाथि धारिलो हतियार प्रहार गरी फरार रहेका बुटवल–११ का ३० वर्षका किशोर कुँवर र बुटवल–२ का २५ वर्षका पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुवँर र कार्कीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा राखी थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता नायव उपरीक्षक मनोहर भट्टले बताए ।

गत जेठ ३ गते रेस्टुरेन्टमा कार्यरत थापामाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा असार १८ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

यसअघि युवा संघ, रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारबाही गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित