रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

होटल पौवा ग्रुप ‘मिसन १००’ को यात्रामा, सिन्धुलीमा १४ औं शाखा

नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो ।

1b08f4e5-bf22-4a2d-966f-237e87907afb

१२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औं शाखाको रुपमा नेपालगन्जमा ५ तारे होटल निर्माणाधिन रहेको छ भने १४ औ शाखाकारुपमा सिन्धुलीमा संचालन हुन थालेको हो । २० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा रुम सहित स्वीमिङ पुलको सुबिधा, बाल उद्यान, फलफुलको बगैचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यस अघि नै ख्याती कमाएको स्थल हो ।

31ea1210-36a7-4153-9ce5-333772ae5b2c

‘मिसन १००’ को यात्रा

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा देशभरका बिभिन्न शहरका १२ स्थानमा संचालनमा रहेको छ ।

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीयस्थल सिन्धली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बथाए । रुपन्देहीको सालझण्डीबाट ९हाल बन्द० आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि नेपालगन्जमा निर्माणाधिन सहित सिनधुलीमा १४ औं शाखा संचालन गर्ने भएको हो ।

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड बिभाग प्रमुख बिष्णु भण्डारीले बताए ।

af54e061-7a41-42e1-89ae-251f234cbb1ehotel pauwa-sindhuli

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित