तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमामा एकाविहानै सवारी दुर्घटना, ३ युवा घाइते

रुपन्देहीको तिलोत्तमा-९ मा आज विहिबार विहानै कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा–७ बस्ने चालक ३० वर्षीय गुप्त बहादुर ठाडासहित तिलोत्तमा ९ बस्ने २० वर्षीय फिलिम हिताङ र तिलोत्तमा ८ बस्ने २० वर्षीय सम्राट राना सामान्य घाइते भएका छन् ।

आफै अनीयन्त्रीत भई सडक डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीब्र गतीका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको छ । पछिल्लो केही दिनयता तिलोत्तमामा दुर्घटना बढ्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित