तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

डेनमार्कका एनआरएन सदस्य रामु अर्याल द्वारा अर्जैका पहिरो पिडितलाई ५० हजार सहयोग

बुटवल । गत असार १४ गते राति गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई विदेशमा बस्ने युवाहरुले सहयोग गरेका छन् ।

असार १४ गते राती मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । विदेशमा भएपनि आफ्नो गाउँठाउँमा परेको विपत्तीमा सहयोग गर्ने उद्देश्यले मालिका–६ का राम अर्यालको संक्रियतामा ५० हजार रकम परिबारलाई सहयोग गरेका हुन ।

विदेशबाट पठाएको उक्त रकम मालिका गाउँपालिका–६ अर्जैका निवर्तमान वडा अध्यक्ष शोभाखर गिरीले मृतक परिबारका जेठा बुबा कर्णबहादुर बिश्वकर्मालाई प्रदान गरेका थिए ।

राम अर्यालले १७ हजार ४००, बुद्धि पौडेलले ९ हजार ५ सय, गणेश श्रेष्ठ, राम श्रेष्ठ, राम चौधरी, नसिम धिमालले ५÷५ हजार, सन्तोष न्यौपाने, केसव न्यौपानेले प्रति व्यक्ति १ हजार ८ गरी कुल ५० हजार रकम नेपाल पठाइएको थियो ।

हिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, जेठी बुहारी २६ वर्षीया सिता, नातिनी ८ वर्षकी सपना र ८ महिनाकी अर्की नातिनी विपनाको मृत्यु भएको थियो ।

घरमा बसेका सबै सदस्यको मृत्यु भएपछि उनका तीनभाई छोराहरु अहिले जेठो बुवाको घरमा बसेर किरिया बसेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित