तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

 अभिभावकलाई आर्थिक भार पर्ने कार्यक्रम नर्गन विद्यालयलाई आग्रह

बुटवल ।
अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाईका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।
 विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम र कक्षा १२ को विदाई कार्यक्रमका नाममा अभिभावकहरुबाट विद्यार्थी मार्फत मोटो रकम उठाई तडक भडकका साथ पार्टी प्यालेस, स्तरिय होटलमा लगि राष्ट्रिय स्तरका कलाकार बोलाई गर्ने गरेको कार्यक्रम प्रति अभिभावक संघको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष लोक नाथ ज्ञवालीले बताए ।
यस्ता गतिविधी सम्बन्धमा अभिभावकहरुबाट बारम्बार अभिभावक संघमा गुनासो आएकोले तत् सम्बन्धमा संघले गम्भिरहुनै ध्यानाकर्षण भएको जनाएको छ ।
संघले शैक्षिक शत्र २०८१।८२ देखि शिक्षा क्षेत्रमा यस्ता अशोभनीय हुने कार्यक्रमहरु नगर्न, नगराउनुहुन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
साथै यस्ता कार्यक्रमहरु आ–आफ्नो विद्यालयको प्राङ्गण तथा कार्यक्रम हलमा आफ्नै विद्यार्थीहरुले कला प्रस्तुत गर्ने गरी गर्नुहुन समेत सम्बन्धित सरोकारवालाहरुलाई अपिल पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित