तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

किसानसँग धान रोपे कालिकाका विद्यार्थीले

कालिका मानवज्ञान माबि बुटवलका विद्यार्थिहरुले कृषिसम्बन्धि व्यवहारिक सिप हासिल गर्नको लागि खेतमै पुगेर किसानसँग धान रोपेका छन् ।

विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका ४० जना विद्यार्थीहरुले तिलोत्तमा नगरपालिका वार्ड नम्बर ८ मा पुगेर रोपाई गरेका हुन् ।

खेतमा पुगेर रोपाई गर्न पाउदा आफुलाई जिम्मेवारीबोध महसुस भएको कक्षा १२ मा कानून अध्ययनरत छात्र प्रिया पाण्डेले बताईन् । उनि भन्छिन,’ कक्षामा किताब पढेर गरेको अध्ययनले कृषि उत्पादनको प्रक्रियाको बारेमा जानकारी दिएपनि किसानको मेहनत, पसिना, दुख र माटोसंगको भावनात्मक सम्बन्ध महसुस गर्न पाईएको थिएन, किसानासंगै खेतमा पुगेर रोपाई गर्दा अन्नको वास्तविक मुल्य र महत्व थाहा पाउन सकियो, यसले किसानप्रति मनमा अझ बढी सम्मान विकास भएको छ ।’

कक्षा ९ मा अध्ययनरत छात्र स्वरुप न्यौपानेले विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रमले गाउँघरलाई बुझ्न र खेतीपाती गर्ने सिप हासिल गर्न सहयोग गरेको बताए ।

विद्यार्थीलाई रोपाई गर्ने सिप सिकाउन सहजीकरण गरेकी स्थानीय किसान माया बलालले विद्यार्थीहरुले कृषि सम्बन्धि जानकारी दिंदा निकै उत्सुकताका साथ सुनेको र रोपाई सम्बन्धि काम छिटो सिकेको बताउदै सबै विद्यालयहरुले विद्यार्थीहरुलाई खेतबारीमा नै लगेर कृषि सम्बन्धि जानकारी दिने र अभ्यास गराउनु आवस्यक रहेको कुरामा जोड दिईन् ।

किसानसँग विद्यार्थी कार्यक्रमका संयोजक दिपक बन्जाडेले विद्यार्थीहरुलाई कृषिको व्यवहारिक ज्ञान र सिप नहुँदा  कृषि कार्य गर्न नचाहने र किसानलाई राम्रो दृष्टिले नहेर्ने प्रवृति विकसित हुँदै गएकोले विद्यार्थिहरुलीई कृषिको अवस्था, सम्भावना र समस्याहरुको जानकारी दिन, कृषि पेशाप्रति सकारात्मक बन्न र कक्षामा पढेको किताबी विषयवस्तुलाई व्यवहारिक बनाउनको लागि विद्यालयले विगत ४ वर्षदेखि किसानसँग विद्यार्थी कार्यक्रम संचालन गर्दै आएको बताए ।

किसानसँग विद्यार्थी कार्यक्रम विद्यार्थीको क्षमता विकास गर्न विद्यालय श्रोतबाट संचालन गरिने नियमित कार्यक्रम भएको र यस अन्तर्गत विद्यार्थीहरुलाई समुह बनाएर खेतीपाती, तरकारी र बागवानी, कृषि वन, पशुपंक्षीपालन, मत्स्यपालन गरिएको क्षेत्रमा स्थलगत अवलोकन गराउने, किसानसँग अन्तरक्रिया गराउने र कृषि सम्बन्धि विभिन्न विज्ञहरुलाई विद्यालयमा बोलाएर विद्यार्थीहरुसंग अन्तरक्रिया गराउने कार्य गरिरहेको विद्यालयका प्रधानाध्यापन दिनेश थापाले जानकारी दिए ।

विद्यार्थीहरुलाई रोपाई सिप सिकाउने काममा विद्यालयका शिक्षकहरु राजेन्द्र रेग्मी, डीआर पाण्डे, निशा ज्ञवाली, विष्णु कुमारी पौडेलका साथै स्थानीय कृषकहरुले सहजीकरण गरेका थिए

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित