३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

डा. ढकालको नियुक्ति योग्यताअनुसार नभएकोले बदर गर्न माग गर्दै लुम्बिनी प्रादेशिकका पूर्व मेसु डा. गौतम सर्वोच्च अदालत पुगेका थिए । डा. गौतमको निवेदनको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश बिनोद शर्माको एकल इजालासले नियुक्तिपछिका सबै जिम्मेवारी, आर्थिक र प्रशासन हेर्ने गरी गरिएको नियुक्ति र पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालिन अन्तरीम आदेश जारी गरेको हो । मुद्दामा लुम्बिनी प्रदेश सरकार विपक्षी बनाईएको छ ।

मेसु नियुक्त डा. ढकाल १० औं तहका हुन् । डा. गौतम ११ औं तहका हुन् । मेसुका लागि ११ तह आवश्यक पर्ने भन्दै गौतमले ढकालको नियुक्ति बदर माग गरेका थिए ।

डा. गौतमले नेपाल सरकारको मिति २०७८ मंसिर १ गतेको निर्णयअनुसार मेडिकल सुपरिटेण्डेन्ट हुन एघारौं तहको स्थायी डाक्टर हुनुपर्ने उल्लेख भएपनि आफू सोही पदमा अस्पतालमा कार्यरत रहँदै दशौं तहमा कार्यरत बरिष्ट कन्सल्टेन्ट अर्थोपेडिक सर्जनलाई नियुक्त गरिएको हुँदा कानुन विपरीत रहेको जिकिर गरेका थिए ।

सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि प्रादेशिक अस्पतालमा सोमबार आदेशको पत्र दर्ता भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा यस अघि डा. सुदर्शन थापा मेडिकल सुपरिटेण्डेन्ट थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित